Wednesday, May 1, 1996

प्राक्कथन


एक जिज्ञासा मानवको साँष्ट काहलेदोख भया : ज्योतिष सिद्धान्तले विक्रम सम्वत्‌को प्रारम्भ भन्दा १,९५,५८,८३,०४४ वर्षपूर्व देखाएको छ । त्यो सत्य वा असत्य जे भए पनि मानवको सृष्टिभन्दा पूर्व यच्डीको सष्टि भएको हुन्छ । पृथ्वीको सृष्टि मानवले किटेर लेख्न सक्तैनन्‌, केवल अनुमानसम्म हो । ज्योतिषशास्त्रमा त्यसप्रकार सृष्टिबाट वितेका वर्ष भनी अड्कित हुँदैआएका छन्‌ तापनि साष्टिपछिका मिति अंकित कनै पुरातात्विक इतिहास नहुनु र पौराणिक इतिहासमा पनि मिति अड्कित नभएबाट आजका वैज्ञानिकहरू यसमा एकमत देखिँदैनन्‌ ।


वैज्ञानिकहरूले पनि पृथ्वीमा फेला परेका पुरातात्विक वस्तुहरूको आधारमा अनुसन्धानवाट विभिन्न अनुमान लगाएका छन्‌ । ती सब अनुमान मत्र हुन्‌, निश्चित छैनन्‌ । जे होस्‌, लाख, करोड, अर्व जति वर्षपर्व भए पनि मानिसको सृष्टि भएर नै हामी भयौं ।


कयौं पटक सर्वसंहार भएर मानवरहित पृथ्वी बन्यो होला, फेरि सृष्टि भयो होला, यस्ता कँयौं सृष्टिचक्र चल्यो होला, इतिहासविहीन हामीले यसको खोज गर्न खोज्नु यो आकार्शीय पिण्डको खोज गर्नुजस्तै हो । केवल एउटा अनुमानसम्म लगाउने क्रा हन्‌ । तथापि वर्तमानका मानिसहरूले आफना पूर्वजहरूको जानेबुझैसम्म खोजतलास गर्नुचाहिँ वृद्धिमता नै हनेछ । केही हदसम्म साध्य पनि हुनेछ ।


यस धरातलमा विभिन्न धर्म, जाति, वर्णका मानिसहरू फेला पर्दछन्‌ । वास्तबमा ती सब एकै बाजेका सन्तान हुन्‌ । अझ हाम्रो पूर्वीय आर्य समाजमा गोत्रको अनुशरण गर्दै आएकोले धेरै हदसम्म आफना पूर्वजको ज्ञान प्राप्त हुन आइरहेको छ । यसका लागि हाम्रा पौराणिक न्धहरू प्रामाणिक हुन पुगेका छन्‌ ।


हाम्रा हिन्दू समाजमा प्रचलित गोत्रहरू यसप्रकार छन्‌ ।

१.काश्यप, २.अत्रि, ३.भारेट्वाज, ४.विश्वामित्र, ५.गौतम, ६.जमदग्नि, ७.वशिष्ठ


यी ७ क्राषिका ७ गोत्र र यसको अतिरिक्त

८.वत्स, ९.कौशिक, १०.धृत कौशिक, ११.आत्रेय, १२.कौँडिण्य, १३.भौङ्गल्य, १४.धनञ्जय, १५.गर्ग, १६.उपमन्यु, १७.अंगस्ती, १८.आलाबुक, १९.अङ्गिरस, २०.कात्यायन, २१.कान, २२.कृ्‌ष्णाजिन, २३.कनवट, २४.कपिल, २५.पराशर, २६.मिहिरासन, २७.भार्गव, २८.शाकटायन, २९.सावर्ण, ३०.बृहस्पति, ३१.मिहिल, ३२.शाण्डिल्य, ३३.सांस्कृत्य, ३४.शौनक, ३५.हारित, ३६.विष्णुवृद्धि, ३७.शिशिहर, ३८.मौनस, ३९.वैध्याय, ४०.माण्डव्य, ४१.कृष्णा आत्रेय ४२.दत्तात्रेय गोत्र भएका मानिसहरू फेला पारिएका छन्‌ ।


उपरोक्त क्रषिहरूका औरस पुत्र तथा मानसपुत्रहरूले आ-आफूना पिताका नामबाट गोत्र ग्रहण गर्दैआएका हन्‌ । अब यसमा अर्को प्रश्न उठ्ला । उपरोक्त क्रषिहरूमध्ये कतिपयका सन्तान नै छैनन्‌ भने ती गोत्र कसरी आए त ?


स्वगोत्रेष्‌ कृता ये स्यु दत्त क्रतादयः सुताः 

विधिना गोत्रमायान्ति नसापिण्ड्यां विधियते ॥

अन्य शाखोदभवो दत्त : पुत्र झ्ब्रैवो पनायितः 

स्वगोत्रेण स्वशाखोक्त विधिना स्यात्स्वशाख भाक ॥

“इति निर्णय सिन्धौ पाना ५८५"


अर्थः  आफना गोत्रमा दत्तक पुत्र अथवा कीत पुत्र राखिएमा विधिवत आफनै गोत्रमा आउँछ केवल सापिण्डयको विधान मात्र हुँदैन ।


अन्य शाखाबाट उत्पन्न भएका दत्तक पुत्र आफनो गोत्रबाट आफूनो शाखामा विधिपूर्वक यज्ञोपवित संस्कार गर्नाले आफ्नै शाखामा आउँछन्‌ ।


त्यसप्रकार हिन्दू समाजले आ-आफूना पूर्वज अथवा गुरूकुलको परिचय दिई गोत्र ग्रहण गर्दै आए । शास्त्रोक्त मतानुसार एउटै रगतमा विवाद सम्बन्धमा गर्नु उचित नहँदा, एउटै गोत्र ।सगोत्री। र एउटै प्रवरमा विवाह निषेध छ । अत्रि गोत्रको प्रवर « अत्रि, अर्चनानस, शवावाश्व र आत्रैय गोत्रको प्रवर पनि आत्रेय, अर्चनानस, श्यावाश्व यौटै हँदा पैलापैला यी २ गोत्रमा बिवाह निषेध गरिएको थियो । पछि अध्ययन हँदा “अत्रे : पुत्रिका पुत्राणामात्रेय” इति निर्णय सिन्धौ अत्रि त्राषिकी छोरीका छोरा आत्रेय भए भन्ने निर्णय सिन्धुबाट ज्ञात हुन आएकोले, छोरीका वंशका पुस्ता प्गेपछि विवाह योग्य हन्छन्‌ भन्ने निर्णय सिन्धुकै वचनबाट बाधा नपर्नेदेखि विवाहवारी चलाएर आएका रहेछन्‌ ।


उपर्युक्त क्राषिका वंशजहरूले इज्जारौं वर्षसम्म त्यै त्यै क्राषिका नामले प्रख्यात हँदै आए । कालान्तरमा कार्य, कीर्ति, अधिकार, वासस्थान, स्थानान्तरण आदि विभिन्न कारणबाट विभिन्न थरमा परिणत हन पुगेछन्‌ । त्यसप्रकार विभाजित थरको संख्या हालसम्म बाह्मण, क्षेत्रीको ३९१ थर र मगरको ३५४ थर फेला पारिएका छन्‌ ।


त्यसरी विभिन्न थरमा विभाजन हुँदै आएता पनि रगत तथा गौरवको परिचयार्थ आफना आदिज काषिलाई कसैले पनि भूल्न सकेनन्‌ र ती आदिपिता क्राषिलाई गोत्रमा अङ्कित गर्दै आए । जस्तै भट्ट ७ थरिका ३ गोत्रका छन्‌, गर्ग, उभमन्यु र विश्वामित्र गोत्र । त्यस्तै अधिकारी पनि ७ गोत्रका छन्‌ काश्यप, भारद्वाज र अत्रि गोत्र । आचार्य २ वरिका छन्‌ कौंडिण्य र गर्ग गोत्रका थरिकँ इत्यादि ।


यहाँ खतिवडाको वंशावलीको आरम्भ गर्न लागिएको हुँदा, खतिवडाको अत्रि गोत्र हो, अर्थात्‌ अत्रि ॠषिका सन्तान हुन्‌ । यिनीहरू हजारौं पुस्तासम्म अ्रिकै नामले प्रख्यात हुँदै आएका थिए । कालान्तरमा ७ विभिन्न क्रियाकलापबाट १.ओझा, २.मिश्र, ३.खतिवडा, ४.वस्ती, ५.गोतामे (गौतम), ६.चापागाईं, ७.मल्ल, ८.ठाडाराई-अधिकारी आदि गरी २१ घरमा विभाजन हुन पुगेका हुन्‌ ।


यी सबैले आफना पूर्खा खोज्दै गएमा उनै अत्रिमा पुग्नेछन्‌ ।


हामीले जुन वंशावली तयार गर्न लागिरहेका छौँ, यसमा पूर्व वंशावलीको अभाव र वर्तमानमा छरिएर वसेका खतिवडा बन्धुहरूमध्ये कतिपयमा अज्ञानता नै हुँदा यो तत्काल पूर्ण हन न्‌सकिरहेको यसभित्र कैयौं बन्धुहरू छुट हुन गएका होलान्‌ तापनि यो यौटा मार्गदर्शन बन्नेछ र छुटेका बन्धुहरूलाई पुनः समावेश हुन आउने जांगर र भविष्यका सन्ततिहरूले अन्य अनुसन्धान र खोजतलास गरी यो २२ वशावलीलाई अझ पूर्ण गर्नेछन्‌ भन्ने हेतुले यहाँ भेटिए जति प्रकाशनमा ल्याएका छौ ।


यसरी वंशावली तयार पर्नु कुनै नौलो कुरा होइन, परम्परागत कै हो। प्राचिन​ युगमा वंशावली बनाउने परिपाटी-थियो । मध्ययुगमा त्यो हराएर गयो । उदाहरणका लागि लिन सक्छौ, कश्यप ॠषिका सन्तति सूर्यवंशी र मरीचिपुत्, अत्रि ॠषिका सन्तति चन्द्रवंशी आदिको वंशावली । जसलाई हरिवश पुराणका नामले पुकारिन्छ । त्यो हिन्दूहरूको लागि धार्मिकग्रन्यका रूपमा रहेको छ । घर-घरमा पूजा गरेर राखिएको छ । यस्तै भागवत विष्णु प्राणदिमा मनुवंश ॠषिवंश पाइन्छ ।


त्यस बशावलीलाई सन्तान नहुनेलै ९ दिनसम्म वि्चिपूर्वक श्रवण गरेमा पुत्र सन्तान प्राप्त हन्छ भन्ने जनविश्वास छ । यसमा कतिपयले सफलता हासिल गरेको समेत प्रमाण प्राप्त भएका छन्‌ ।


यदि जब प्राचीन पूर्वजहरूको वंशावलीको श्रवण, कीर्तन पूजन आदिबाट पूत्र प्राप्त हुन्छ भने यो धुनिक पूर्वजका वंशावलीको श्रवण; कीर्तन, पूजनबाट पनि त्यो फल अवश्य प्राप्त हुन सक्तछ । किनकि हरिवंश नवाह, देवी भागवत नवाह, श्रीमद्वागवत सप्ताह तया ब्रन्धववन्ध, विवाह आदि जुनसकै ऐ शुभकार्य गर्दा, प्रारम्भमा आफना तत्कालीन पूर्वजका स्मरणमा नान्दीमुखी श्राद्ध गर्नुपर्ने प्रावधान छ । यादै सो कार्य नगरेमा कामनानुसारको पूर्णकल प्राप्त नहने र सो कर्म गरेका खण्डमा कर्मको वीचमा आशौच आदि बिघ्न पर्ने आएमा समेत दोष लाग्दैन र निर्विध्नता पूर्वक कार्य सम्पन्न गर्न सकिन्छ भन्ने निर्णय सिन्धुले बताएको छ ।


निर्णय सिन्धुको यस कथननुसार आफूना पूर्वजका स्मरण, सेवा, स्तृति,गानद्वारा इच्छित लक्ष्यमा पुग्न सकिन्छ भन्ने कुराको पुष्टि हुन आउँछ । त्यै कारणले होला, देवताले दिएपनि पित्ले हरण गर्दछ भन्ने हाम्रो लोकोक्ति ।


तत्कालीन पूर्वजका स्मरणमा नाष्दीमुखी श्राद्ध नगरी कृतशुभ कार्यको शुभ फल प्राप्त गर्ने नसकिने निर्णय सिन्धुको वचनअनुसार यो वशावलीको प॒स्तक पनि खतिवडा बन्धुहरूका लागि उही प्राचीन(वंशावली) हरिबंश पुराण समान पूजनीय तथा पठनीय भै सो फल प्राप्त गर्नसक्ने हनेछ भन्नेमा शायद दुईमत नहोला तसर्थ आफ्ना वंशावलीको तयार, पार्नु, सु-संगठित हुनु, करीशिसाई हटाएर सुसांस्कृति तर्फ अग्रसर गराउनु, भाइचारा बढाई चरित्रवान्‌ बनाउनुलाई साम्प्रदायिक भन्न मिल्दैन ।


एक सम्प्रदायले अर्को -सम्प्रदायलाई थिचोमिचो गर्नु, दबाव दिनु र आपसी द्वन्द्व गर्नु चाहिँ  साम्प्रदायिक हुन्छ । वरू देशक्का सम्पूर्ण थर गोत्रका समुदायहरूले यसप्रकार आ-आफूना वशावली तयार पारी अनुसन्धान र खोजतलास गर्दै गएमा सबैको आदिपिता उनै कश्यप र मरीचिमा पुग्नेछन्‌ र सम्पूर्ण मानव एकै बाजे बाज्यैका सन्तान बन्न गै भ्रातृत्वभाव कायम हुन आउनेछ । तसर्थ यस्ता वशावली तयार गर्ने कार्यमा एकथरीले अर्कोथरीलाई सहयोग गर्दै जाने परिपाटी भएमा त्रुटि सचिँदै गई आपसी भाइचाराको अभिवृद्धि हुने थियो । यस्ता पवित्र कार्यमा श्री पशुपतिनाथले सबै पक्षलाई उन्मुख पारी सफल गरून । अस्तुः


पं. भक्तिप्रसाद उपाध्याय खतिवडा

विदुर नगरपालिका वडा न. ८, बगुवावजार

नुवाकोट जिल्ला, त्रिशूली

No comments:

Post a Comment